हामीले बिदेशी मुलका बालबालिका र उनीहरुको परिवारको मानसिक स्वास्थ्यको सपोर्ट गर्दछौं ।
मानसिक स्वास्थ्य समस्या भएका बालबालिकाको SOS संकेत बारे पत्ता लागाई त्यस बालबालिकाको भावना बुझेर ठिक सहायता तथा समाधान गर्ने गतिबिधि गर्दै आएका छौं ।
हामी मानसिक परामर्श संयोजकहरु गुन्मा प्रिफेक्चरको बिभिन्न ठाउँमा छौं । हालसम्म तालिम लिएर गुन्मा प्रिफेक्चरमा बिभिन्न पेशामा आबद्ध 60 जना मानसिक परामर्श संयोजकहरु हुनुहुन्छ ।
मीले यस भेगमा बस्ने बिदेशी ( बालबालिका र अबिभाबक) को लागि भोलेन्टियरको रुपमा निम्न लिखित गतिबिधिहरु गर्दछौं ।
1. कुनै समस्या वा चिन्तित कुराहरु बारे राम्ररी सोधपुछ गर्दछौं ।
2. सकेसम्म समस्या समाधान गर्न सँगै सोचविचार गर्दछौं ।
3. आवस्यक परेमा बिसेष सहायता केन्द्र प्रयोग गर्न सहयोग गर्दछौं ।
तपाईं बसेको इलाकामा मानसिक परामर्श संयोजक सँग पक्कै भेट हुन्छ भन्न सकिदैन तर भेट्ने चाहना भएको व्यक्तिले एकपटक हामीलाई सोधपुछ गर्नुहोस ।
मानसिक परामर्श संयोजकहरुले त्यस व्यक्तिको जिबनयापन सँग मिल्दो गतिबिधि गर्दछ ( भोलेन्टियरको आफ्नो स्थानलाई महत्व दिनको लागि हो )। त्यस व्यक्तिको जिबनयापन अनुसार साच्चिकै सल्लाह गर्न सकिने व्यक्ति पनि हुन्छन अर्कोतर्फ ज्ञान सिक्ने अवस्थामै सिमित हुने व्यक्ति पनि हुन्छन । बास्तबिकता फरक फरक हुन्छ ।
बिदेशीहरुलाई सहयोग गर्ने क्रम बढिरहेको कुरा यथार्थ हो । आगामी दिनमा अझै सहयोग फराकिलो पार्नको लागि हामीले पहिले तालिम दिने कुरामा बढी जोड दिएका छौं ।
प्रमुख र ब्यबस्थापक
HONDO HARUO
गुन्मा बिदेशी बालबच्चा मानसिक परामर्श संयोजक गैर नाफामुलक संस्था NPO होउजिन G कम्युनिटी ले गर्ने बिबिध गतिबिधि मध्य एक हो । गुन्मा शिक्षा परिषदको एक कार्यक्रम बिदेशी बाल बिद्यार्थीको शिक्षा तथा मानसिक सहायता कार्यक्रम NPOहोउजिन G कम्युनिटीले जिम्मा लिएर संचालन गरिदै आएको छ ।
NPO होउजिन G कम्युनिटी
〒372-0832
GUNMA-KEN, ISESAKI-SHI, YOGE-CHO, 345-1
070-5021-9103
मानसिक परामर्श संयोजक हरेक बर्ष आयोजना हुने कुनै एक तालिममा 80% उपस्थित हुनुभएको व्यक्तिहरुलाई जनाउदछ ।
भाग लिन कुनै योग्यता चाहिदैन । जसले पनि भाग लिन सक्नुहुनेछ ( तर तालिम जापानिज भाषामा हुने भएकोले जापानिज भाषा केहि हदसम्म बुझ्ने व्यक्तिहरु यस तालिम लिन योग्य हुनेछन )
रुचि भएको व्यक्तिहरुले एकपटक सम्पर्क गर्नुहोस ।
तालिममा मानसिक रोगको बारेको आधारभूत ज्ञान र कसरि सहयोग गर्ने भन्ने बारे सिक्नुहुनेछ ।
बिसेष गरि भोलेन्टियर गतिबिधिको अर्थ र भूमिकाको बारे सिक्दै हामीले गर्न सक्ने कुरा बारेमा सिक्नुहुनेछ ।
तालिम आयोजना बारे यस होमपेज बाट सूचना जारी गरिन्छ ।