गुन्मा बिदेशी बालबच्चा मानसिक परामर्श संयोजक

बिदेशी मुलका बालबालिकाहरुलाई स्थानीय स्तरमा सहयोग !

हामीले बिदेशी मुलका बालबालिका र उनीहरुको परिवारको मानसिक स्वास्थ्यको सपोर्ट गर्दछौं ।

 

मानसिक स्वास्थ्य समस्या भएका बालबालिकाको SOS संकेत बारे पत्ता लागाई त्यस बालबालिकाको भावना बुझेर ठिक सहायता तथा समाधान गर्ने गतिबिधि गर्दै आएका छौं ।

 

तपाईंको नजिकै छ !

हामी मानसिक परामर्श संयोजकहरु गुन्मा प्रिफेक्चरको बिभिन्न ठाउँमा छौं । हालसम्म तालिम लिएर गुन्मा प्रिफेक्चरमा बिभिन्न पेशामा आबद्ध 60 जना मानसिक परामर्श संयोजकहरु हुनुहुन्छ ।

 

कस्तो सहयोग गर्छ ?

मीले यस भेगमा बस्ने बिदेशी ( बालबालिका र अबिभाबक) को लागि भोलेन्टियरको रुपमा निम्न लिखित गतिबिधिहरु गर्दछौं ।

1.     कुनै समस्या वा चिन्तित कुराहरु बारे राम्ररी सोधपुछ गर्दछौं ।

2.    सकेसम्म समस्या समाधान गर्न सँगै सोचविचार गर्दछौं ।

3.    आवस्यक परेमा बिसेष सहायता केन्द्र प्रयोग गर्न सहयोग गर्दछौं ।

कसरि भेटघाट गर्न सकिन्छ ?

तपाईं बसेको इलाकामा मानसिक परामर्श संयोजक सँग पक्कै भेट हुन्छ भन्न सकिदैन तर भेट्ने चाहना भएको व्यक्तिले एकपटक हामीलाई सोधपुछ गर्नुहोस ।

 

मानसिक परामर्श संयोजकहरुले त्यस व्यक्तिको जिबनयापन सँग मिल्दो गतिबिधि गर्दछ ( भोलेन्टियरको आफ्नो स्थानलाई महत्व दिनको लागि हो )। त्यस व्यक्तिको जिबनयापन अनुसार साच्चिकै सल्लाह गर्न सकिने व्यक्ति पनि हुन्छन अर्कोतर्फ ज्ञान सिक्ने अवस्थामै सिमित हुने व्यक्ति पनि हुन्छन । बास्तबिकता फरक फरक हुन्छ ।

 

 

बिदेशीहरुलाई सहयोग गर्ने क्रम बढिरहेको कुरा यथार्थ हो । आगामी दिनमा अझै सहयोग फराकिलो पार्नको लागि हामीले पहिले तालिम दिने कुरामा बढी जोड दिएका छौं ।

 

संस्था

प्रमुख र ब्यबस्थापक

HONDO HARUO

 

गुन्मा बिदेशी बालबच्चा मानसिक परामर्श संयोजक गैर नाफामुलक संस्था NPO होउजिन G कम्युनिटी ले गर्ने बिबिध गतिबिधि मध्य एक हो गुन्मा शिक्षा परिषदको एक कार्यक्रम बिदेशी बाल बिद्यार्थीको शिक्षा तथा मानसिक सहायता कार्यक्रम NPOहोउजिन G कम्युनिटीले जिम्मा लिएर संचालन गरिदै आएको

 

 

NPO होउजिन G कम्युनिटी

〒372-0832
GUNMA-KEN, ISESAKI-SHI, YOGE-CHO, 345-1

 

070-5021-9103

 

तपाईं पनि मानसिक परामर्श संयोजक बन्न सक्नुहुन्छ

मानसिक परामर्श संयोजक हरेक बर्ष आयोजना हुने कुनै एक तालिममा 80% उपस्थित हुनुभएको व्यक्तिहरुलाई जनाउदछ

 

भाग लिन कुनै योग्यता चाहिदैन जसले पनि भाग लिन सक्नुहुनेछ ( तर तालिम जापानिज भाषामा हुने भएकोले जापानिज भाषा केहि हदसम्म बुझ्ने व्यक्तिहरु यस तालिम लिन योग्य हुनेछन )

 

रुचि भएको व्यक्तिहरुले एकपटक सम्पर्क गर्नुहोस

 

तालिम

तालिममा मानसिक रोगको बारेको आधारभूत ज्ञान कसरि सहयोग गर्ने भन्ने बारे सिक्नुहुनेछ

 

बिसेष गरि भोलेन्टियर गतिबिधिको अर्थ भूमिकाको बारे सिक्दै हामीले गर्न सक्ने कुरा बारेमा सिक्नुहुनेछ

 

 

तालिम आयोजना बारे यस होमपेज बाट सूचना जारी गरिन्छ